काम र कामदारलाइ जोड्ने डिजिटल प्लेटफर्म Sriyog.Com लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त सोसियल जब एप बनाउने उद्देश्य लिई “Exclusive Promoting Partner” को खोजि गर्न तयार पारिएको कार्यपत्र यहाँहरु सम्म पुर्याउन पाउदा हामी अत्यन्त गौरवान्वित छौं ।

बिना कुनै शुल्क सेवा प्राप्त गर्न सकिने यस डिजिटल प्लेटफर्ममा जो कोहि आबद्ध हुन अनि लाभान्वित हुन सक्नुहुनेछ । उद्धमशील समाज मात्र उन्नतीको बाटोमा अगाडी बढ्न सक्छ । तसर्थ Sriyog.Com बिश्वको हरेक कुना कुनामा रहेका श्रमजिवी नेपाली भित्र रहेको सीप अनि योग्यताको सहि मुल्यांकन गर्दै यसलाई आर्थिक उपार्जनको माध्यम बनाउन अग्रसर छ । आवश्यकता छ अलिकति जोश अनि जाँगरको; जसले जोडनेछ तपाईलाई ती व्यक्तिहरुसँग जसलाई तपाईंको खाँचो छ ।

शुरुवात तिरको कुरा गरौ; काम र कामदारको बिचमा ठुलो खाडल भएको हामीले महसुस गर्यौ । केहि संस्थाहरु देखिए जसले मोटो कमिसन लिई काम र कामदारलाई जोड्ने भन्दा पनि तेश्रो पक्षलाई काम बेचिएको देखियो । तसर्थ, कमिसन लिने भन्दा पनि काम गर्ने व्यक्तिको प्रोफाइल बनाउने, रिभ्यु, रेटिंग आदि गराउने अनि भोलिको प्रयोजनको लागि हेर्न पनि मिलोस भन्ने जियो लोकेसनमा आधारित Sriyog.Com तयार भयो जुन खुल्ला डिजिटल प्लेटफर्ममा आधारित छ ।

“खुल्ला डिजिटल प्लेटफर्म” यस्तो चौतारी हो जहाँ जो कसैले पनि योगदान गर्न वा लाभान्वित हुन सक्नेछन । उन्नति र प्रगतिको बाटोमा निरन्तर अघि बढिरहेको Sriyog.Com एप मार्च २०२१ सम्ममा गुगल प्ले स्टोरमा ५० हजार डाउनलोड भइसकेको र अब निकट भविष्यमा ५० लाख प्रयोगकर्ता पुर्याउने हाम्रो योजना रहेको छ ।

सिस्टम डेभलपमेन्ट, डेटा कलेक्सन, प्रोफाइल म्यानेजमेन्ट, कर्मचारी संसाधन, बिज्ञापन आदि बिविध क्रियाकलापहरुमा हामीले प्रसस्त श्रम, समय र पैसा लगानी गरिरहेका छौ । नेपालमै बनेको ; संसारमा फैलेको , काम अनि कामदार जोड्ने संजालको रुपमा Sriyog.Com लाई प्रबर्धन गर्ने सोच लिएर अगाडि बढेका हामीलाई थप हौशला प्रदान गर्न वा आज सानो योगदान गरि भविष्यमा उच्चतम प्रतिफल प्राप्त गर्नका लागि यस डिजिटल प्लेटफर्ममा सिस्टम डेभलपमेन्ट वा लगानी गर्न इच्छुक जो कोहिलाइ एउटा सुनौलो अवसर हुन सक्नेछ ।

प्रकाश उप्रेती
संस्थापक
prakash@Sriyog.Com

Sriyog.Com | कर्मशील नेपालीहरूको मोबाईल एप